तनहुँ बस दुर्घटना : भारतीय एयरफोर्सको जहाजबाट २५ शव मुम्बई लगियो
_MHwgpwk37P.jpg)
चितवन । तनहुँ बस दुर्घटनामा मृत्यु भएका २५ जनाको शव भारतीय एयर फोर्सको जहाजबाट मुम्बई लगिएको छ । शनिबार चितवनस्थित भरतपुर विमानस्थलबाट २५ जनाको शव लिएर भारतीय एयरफोर्सको जहाज उडेको हो ।
एयरफोर्समा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि रहेकी छन् । दुर्घटनामा निधन भएका चालक र सहचालकको शव भने स्थलमार्ग हुँदै गोरखपुर लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
राज्यमन्त्री खड्से दुर्घटनामा परेका घाइतेको अवस्था बुझ्न र शव लिन शनिबारै काठमाडौँ आएकी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यमन्त्री खड्सेलाई काठमाडौँ पठाएका थिए ।
शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट ४३ जना तिर्थयात्री सवार भारतीय युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गदी नदीमा खसेको थियो । सो दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएका थिए । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
-
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र