आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

जहाँ नदीहरू सरर बग्छ, त्यहाँ संस्कृति पनि बगेको हुन्छ : मन्त्री सिंह

शनिबार, ०८ भदौ २०८१, १६ : १९
शनिबार, ०८ भदौ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सबै नदीहरूलाई जोगाएर राख्नुपर्ने बताएका छन् । 

शनिबार बागमती रिभर फेस्टिभल २०२४ महाजल यात्रालाई सम्बोधन गर्दै उनले  नदी संस्कृतिसँग पनि जोडिएकोले बचाएर राख्नुपर्ने धारणा राखेका हुन् ।  

उनले भने, ‘खास गरेर नेपालका नदीहरूलाई जोगाएर राख्नुपर्छ । नदी हाम्रो धर्म, संस्कृतिसँग पनि मेल खाएको हुन्छ । जहाँ नदीहरू सरर बगेको हुन्छ त्यहाँ संस्कृति पनि त्यहीँ अनुसार बगेको हुन्छ । बागमती सभ्यताको जुन सवाल र अवस्था छ, यसमा सबै मिलेर काम गर्नुपर्छ ।’

साथै उनले बागमती राजधानीको मात्र नभएर देशकै सम्पत्ति भएको उल्लेख गरे । उनले विभिन्न कालखण्डमा सहरीकरणका कारण तीव्र गतिले बागमती सभ्यता बिग्रेको जिकिर गरे ।  

उनले  भने, ‘बागमती राजधानीको मात्र नभई देशकै गहना भएकाले बचाउन जरुरी छ । विभिन्न कालखण्डमा सहरीकरणका कारण बागमतीको सभ्यता बिग्रियो । बागमतीको  पानीको  जुन फ्लोर छ वर्षायाममा मात्र देख्ने गरिन्छ । वर्षायाम सकिएपछि बागमती दुर्गन्धित तरिकाले बगिरहेको हुन्छ । यसमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप