बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

स्टार्टअपका लागि सर्टिफिकेट धितो राखेर ऋण दिन्छौँ : प्रधानमन्त्री ओली

शनिबार, ०८ भदौ २०८१, १४ : २२
शनिबार, ०८ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले स्टार्टअप अर्थात् नवप्रर्वतनका लागि युवाहरूले काम गर्नका लागि सरकारले सहयोग गर्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको यूथ कन्क्लेभ कार्यक्रममा युवाहरूले गरेको प्रश्नहरूको उत्तर दिने क्रममा उनले स्टार्टअपका लागि ऋण लिन सरकारले यो वर्ष १ अर्ब बजेट छुट्टाएको र राम्रो योजना ल्याउनका लागि आग्रह गरे । 

यो वर्ष निजी क्षेत्रसँग सहकार्य गरेर १० हजारभन्दा बढी स्टार्टअप सुरु गर्न लागिएको ओलीले बताए ।  उनले सर्टिफिकेट धितोमा पनि ऋण दिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने –‘स्टार्टअप कृषि उद्यममा आधारित र अरू साना उद्योगहरूमा, स–साना पैसाबाट साना उद्योगहरूमा लगानी गर्न सकिन्छ ।

सर्टिफिकेट धितो राखेर ऋण लिन पाउने व्यवस्था देखि महिला युवाहरूलाई ४ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था छ । मेरो ध्यान युवा विकास, युवा सशक्तीकरणमा ध्यान छ, यसबाट मात्र देश अघि बढाउन सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप