बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
विभिन्न माग राख्दै बालुवाटार नजिकै प्रदर्शन, तस्बिरहरू
प्रदर्शन

विभिन्न माग राख्दै बालुवाटार नजिकै प्रदर्शन, तस्बिरहरू

शनिबार, ०८ भदौ २०८१

काठमाडौँ । विभिन्न माग राख्दै युवाहरूको समूहले शनिबार बालुवाटारनजिकै प्रदर्शन गरेको छ । उनीहरूले ⁠भ्रष्टाचारीलाई जोगाउने नियतले ल्याइएको ५ वर्षे हदम्याद खारेज गर्न माग गरेका हुन् ।

Protest_baluwatar_NPL1

त्यस्तै ⁠गिरिबन्धु टी स्टेट, भुटानी शरणार्थी, ललिता निवास लगायतका अनियमितताको काण्डमा यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्न तथा ⁠वित्तीय क्षेत्र, बैंक सहकारी, लघुवित्त, मिटरव्याजी पीडितहरूका समस्या तुरुन्त सम्बोधन गर्न पनि माग गरेका छन् ।

Protest_baluwatar_NPL2

आजसम्मका सबै शीर्ष नेताका सम्पत्ति छानबिन गर्नको निम्ति नागरिकको तर्फबाट स्वतन्त्र नागरिक आयोग गठन गर्न पनि उनीहरूले माग गरेका छन् । त्यसै गरी विद्युत् प्राधिकरणले विभिन्न व्यापारीबाट उठाउनुपर्ने २२ अर्ब २४ करोड रकम तुरुन्त असुल गर्न पनि उनीहरूको माग छ ।

Protest_baluwatar_NPL3

यता  ⁠विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न र⁠ ⁠वैदेशिक रोजगारको क्रममा विभिन्न माध्यमबाट पीडित भएका सम्पूर्ण नागरिकका समस्या समाधान गर्न उनीहरूले माग गरेका छन् ।

Protest_baluwatar_NPL4Protest_baluwatar_NPL5Protest_baluwatar_NPL6Protest_baluwatar_NPL7Protest_baluwatar_NPL8Protest_baluwatar_NPL9Protest_baluwatar_NPL10Protest_baluwatar_NPL11Protest_baluwatar_NPL12Protest_baluwatar_NPL13Protest_baluwatar_NPL14Protest_baluwatar_NPL15

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया