पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट
पोखरा । पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ । भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृत मेघराज आचार्यले जानकारी दिए ।
जोय ग्रुप द्वारा काठमाडाैँको न्युरोडमा सञ्चालित जोय स्टोर्सको नयाँ शाखाको रूपमा महेन्द्रपुलमा जोय स्टोर्स खुलेको हो । यो ग्रुपले एप्पल कम्पनीका आधिकारिक उत्पादनहरूमा उपभोक्ताहरूको सहज पहुँच होस भन्ने हेतुले सेवा विस्तार गरेको आचार्यको भनाई छ ।
जोयले राजधानी बाहिर पहिलो पटक पर्यटकीय राजधानी पोखराको महेन्द्रपुलमा आफ्नो शाखा विस्तार गरेको हो । जोय ग्रुपका निर्देशक गुरू शर्मा तथा अध्यक्ष साडर ढकालले हालै महेन्द्रपुल स्थित नयाँ आउटलेटको उद्घाटन गरेका छन् ।
नयाँ आउटलेटमा आकर्षक अफरहरू सहित एप्पल कम्पनीका उत्पादनहरू बिक्री वितरण गरिने आचार्यले जानकारी दिएका छन् । बिक्रीका साथै मर्मत सम्भार तथा एसोसरिजहरुको पनि उपलब्धता रहेको जोय ग्रुपले जनाएको छ ।
नयाँ आउटलेटबाट एप्पल कम्पनीका पाखरीहरूलाई भरपुर सन्तुष्टि मिल्ने विश्वास ग्रुपका प्रमुख कार्यकारी अधिकृत आचार्यले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी
-
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत
-
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?
-
मुख्यमन्त्रीहरुसँगकाे भर्चुअल बैठकमा प्रधानमन्त्रीले भने- एक्सनमा जान्छौँ