टिजरमा यस्तो देखियो ‘बेहुली फ्रम मेघौली’

काठमाडौँ । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ । हलमा गत हप्ता नै रिलिज भएको टिजरले नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई कथा बनाएको झल्काउन खोजिएको छ ।
अभिनेता निश्चल बस्नेत अस्ट्रेलिया रिटर्न युवाको रूपमा प्रस्तुत गरिएको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्कालाई विवाहको लागि दुलहा खोजिरहेकी ३० वर्षीय युवतीको रूपमा रहेको टिजरमा देख्न सकिन्छ । सामाजिक कथामा कमेडी मिश्रित फिल्मको टिजरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ ।
फिल्ममा निश्चल र स्वस्तिमाका अलावा वसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ । फिल्म दसैँको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउँदै छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
नरेन्द्र मैनालीको छायाङ्कन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा न्यूक्यासलले वेष्टह्यामलाई हरायो
-
लोपोन्मुख कुसुन्डा भाषा संकटमा
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म