बाराबाट १३ जना जुवाडे पक्राउ

वीरगन्ज । बारा प्रहरीले जुवातास खेल्ने १३ जनालाई नियन्त्रणमा लिएको छ । जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा महागढी नगरपालिका–१ बरियापुरबाट १३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीको विशेष टोलीले बरियापुरस्थित मोतीलाल प्रसादको घरमा छापा मारेर १३ जनालाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । जुवातास खेलिरहेको अवस्थामा मनोज प्रसाद कुशवाहा, विनोद प्रसाद, मोतिलाल प्रसाद, जतिकर हुसेन, मोतिलाल कुशवाहा, राजु कुशवाहा, अच्छेलाल महतो, कस्तुरी साह, राजकिशोर प्रसाद कुशवाहा, जितेन्द्र तिवारी, सुकदेव यादव र मुस्ताकखान पैठानलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबै जना महागढी नगरपालिका १ का बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट १ लाख ७१ हजार २ सय ८० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि
-
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने
-
विनाशकारी भूकम्पको संघारमा भारत