यार्सागुम्बा निर्यातबाट एक महिनामै भित्रियो ८ करोड रुपैयाँभन्दा बढी
शनिबार, ०८ भदौ २०८१, ११ : ४७

काठमाडौँ । यार्सागुम्बा निर्यातबाट एक महिनामै ८ करोड रुपैयाँभन्दा बढी भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा २०४ किलो यार्सागुम्बा निर्यात हुँदा ८ करोड १९ लाख ४० हजार रुपैयाँ भित्रिएको हो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ करोड ७३ हजार रुपैयाँले निर्यातमा गिरावट आएको केन्द्रीय भन्सार विभागले जनाएको छ । अघिल्लो वर्ष (२०८०/०८१) को साउनमा ३७३ किलो यार्सागुम्बा निर्यात हुँदा २३ करोड २० लाख १३ हजार रुपैयाँ भित्रिएको थियो । जसअनुसार अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो वर्ष यार्सागुम्बा निर्यात परिमाणमा २०४ किलो कमी देखिएको छ ।
चालु वर्षको साउनमा ६ वटा मूलुकमा यार्सागुम्बा निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै हङकङमा ३ करोड ९८ लाख ९२ हजार रुपैयाँको ६० किलो यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी