वेस्ट इन्डिजले सजिलै हरायो दक्षिण अफ्रिकालाई
टारोबा । टी–२० शृङ्खलाको पहिलो खेलमा घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र ३ विकेटको क्षतिमा १३ बल अगावै पछ्यायो ।
लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजलाई ओपनरद्वय अलिक अथानाजे र साई होपले उत्कृष्ट सुरुवात दिलाए । दुवैले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे । अथानाजेले ३० बलमा ३ छक्का र २ चौका हिर्काउँदै ४० रन जोडे । होपले ३६ बलमा ५१ रन बनाए । उनले पनि ३ छक्का र २ चौका प्रहार गरे ।
निकोलश पुरनले नटआउट रहँदै सर्वाधिक ६५ रनको योगदान दिए । उनले २६ बलको विस्फोटक इनिङ्समा २ चौका र ७ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाका लागि ओटनिल बार्टम्यानले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर २ विकेट लिए । क्वेना माफाकाले १ विकेट हात पारे ।
अघि ट्रिस्टन स्टब्सको अर्धशतकीय इनिङ्सको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । उनले मात्र ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दा ७६ रन बनाए ।
प्याट्रिक क्रुगरले ३२ बलमा ४४ रनको योगदान दिए । ऐडन मार्क्रमले १४ रन तथा जोर्न फोर्टुइनले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन नै जोड्न सकेनन् ।
वेस्ट इन्डिजका लागि माथ्यु फोर्डेले ३ विकेट लिए भने समार जोसेफले २ तथा अकिल होसेन र रोमारियो सेफर्डले १–१ विकेट हात पारे । तीन खेलको शृङ्खलाको दोस्रो खेल सोमबार हुनेछ । यसअघि दुई खेलको टेस्ट शृङ्खला भने दक्षिण अफ्रिकाले १–० ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता