बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
सम्पदा

प्रबलीकरणको पर्खाइमा नुवाकोटका शक्तिपीठ (तस्बिरहरू)

शनिबार, ०८ भदौ २०८१, ०७ : ४७
शनिबार, ०८ भदौ २०८१

नुवाकोट । सहरको भिडभाड, कोलाहल, धूवाँ–धुलो, धपेडीबाट मुक्त हुन र शीतल, स्वच्छ वातावरणमा रमाउनका  लागि उपयुक्त गन्तव्य हो, नुवाकोट । काठमाडौँसँगै जोडिएको यो जिल्लाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । नुवाकोटको  साततले दरबार क्षेत्र, जसले देशको अनुपम शिल्पकलाको प्रतिनिधित्व गरेको छ  ।

इतिहास हेर्ने हो भने, कुनै बेला काठमाडौँभन्दा शक्तिशाली थियो नुवाकोट ।   यो पृथ्वीनारायणले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्नुअघिको कुरा हो । त्यही बेला त हो नुवाकोट अनेकन शिल्पकलाले सजिएको । तर, विडम्बना त के भने प्राचीन हस्त शिल्पले खिपिएका संरचना अब सग्लो देख्न पाइनेछैन ।

गोरखा भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक आठ वटा शक्तिपीठको पुनः निर्माणको जिम्मेवारी चीन सरकारले लिए पनि काम भने अझै सम्पन्न हुन भने सकेको छैन ।

सोहीअनुसार नेपालका तर्फबाट पुरातत्त्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच २०७६ जेठमा ४५ महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो। उक्त अवधि पूरा भइसक्दासमेत दरबारसहितको संरचनाको पुनर्निर्माण तथा प्रबलीकरण अझै अन्योल छ।

चीनले पुनः निर्माणको जिम्मेवारी लिएको आठ वटा संरचनामा साततले दरबारसहित तलेजु भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रंगमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

nuwakot sampada (1)nuwakot sampada (2)nuwakot sampada (3)nuwakot sampada (4)nuwakot sampada (5)nuwakot sampada (7)nuwakot sampada (8)nuwakot sampada (9)nuwakot sampada (10)nuwakot sampada (11)nuwakot sampada (12)nuwakot sampada (13)nuwakot sampada (14)nuwakot sampada (15)nuwakot sampada (16)nuwakot sampada (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप