शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सोलुखुम्बुमा हिमताल विष्फोटबाट आएको बाढीसम्बन्धी प्रतिवेदन सार्वजनिक

शुक्रबार, ०७ भदौ २०८१, २२ : ५९
शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल विष्फोटबाट आएको बाढीसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा थामे जलाधारमा रहेका विभिन्न ५ हिमतालहरूको सेटलाईट तस्बिर तथा घट्ना अगाडि र पछिको भूबनोटमा आएको परिवर्तनको अध्ययन गर्दा माथिल्लो हिमताल १ को प्राकृतिक बाँधभन्दा तलबाट हिमताल २ (हाल विष्फोट भएको हिमताल) हुँदै थामेसम्मको क्षेत्रमा उल्लेख्य भू–हलचल भएको देखिएकाले हिमताल १ को प्राकृतिक बाँधभन्दा तल र हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा अचानक आएको भू–परिवर्तन नै हिमताल २ विष्फोटनको मुख्य कारण रहेको देखिएको उल्लेख छ ।

साथै थामे आसपास स्याङवोचे र फोर्त्सेमा घट्नाको केहि दिन अगाडिको वर्षा र तापक्रमको वृद्धिले माथिल्लो हिमताल १ ओभरफ्लो भएको हुनसक्ने र यसका कारण हिमताल १ र हिमताल २ (हाल विष्फोट भएको हिमताल) को बीचको जमिनमा भूक्षय भई तल्लो हिमताल विष्फोटन भएको हुनसक्ने आकलन प्रतिवेदनले गरेको छ ।

साउन ३२ गते आएको गेग्य्रान र ठूला ढुङ्गासहितको बाढीले थामेमा  ठूलो क्षति भएको थियो । थामेका २४ घरसहित स्कुल, क्लिनिकलगायत बस्तीमा  क्षति पुगेको थियो ।

यस्तो छ प्रतिवेदन :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप