कांग्रेस एक्लै चुनावमा जानुपर्छ : जीवन परियार

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै परियारले कांग्रेसले एक्लै चुनाव लड्ने घोषणा र निर्णय गरेर कार्यकर्ताको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘आगामी निर्वाचनमा एमाले एक्लै लड्ने भनिसक्यो । कांग्रेस एक्लै निर्वाचन जान्छु भन्न किन नसक्ने ? कांग्रेसले पनि एक्लै चुनाव लड्ने घोषणा र निर्णय गरेर कार्यकर्ताको मनोबल उच्च बनाउनुपर्छ ।’
उनले विधान बमोजिम पार्टीको आगामी महाधिवेशन गर्न समेत प्रस्ताव गरे । ८४ को चुनावलाई असर नगर्ने गरी पार्टी महाधिवेशन गर्नुपर्ने सुझाव उनले दिए ।
परियारले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका खगेन्द्र सुनुवारको मुद्दाको विषयमा वार्ता गराउन सरकारलाई दबाब दिनुपर्नेमा समेत जोड दिए ।
उनले टीआरसी विधेयक दुवै सदनबाट पारित भएको बताउँदै द्वन्द्वमा कांग्रेस कार्यकर्ताहरु पनि मारिएकाले एउटा समिति बनाएर तथ्यांक निकाल्न र उनीहरुको उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा