कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ १२ गतेसम्म स्थगित
_u4mj1d1GEM.jpg)
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ १२ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी बैठक भदौ १२ गते बुधवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । शुक्रबारको बैठकमा २० जनाले आफ्नो धारण राखेका छन् । बैठकले पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस तनहुँस्थित मर्स्याङ्दी नदीमा खस्दा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
सो बस दुर्घटनामा बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । बैठकले रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस दुर्घटनाप्रति पनि गहिरो दुःख व्यक्त गरेको छ । सो बस मुग्लिन नारायणगढ सडक खण्डमा पल्टिँदा २५ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोसफ्टले ल्यायो नयाँ एआई टुल, मेडिकल क्षेत्रका लागि वरदान
-
प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा मोरङ र झापाको सजिलो जित
-
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
-
युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट सुरु गर्न अदालतको अनुमति
-
हत्या आरोपीसँग निकट सम्बन्ध देखिएपछि मन्त्रीको राजीनामा
-
अध्यादेश स्वीकृत गर्न संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको ह्विप