थरुहट आन्दोलनकर्मीलाई झुठा मुद्दा लगाएर फसाइयो : राजेन्द्र महतो

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले टिकापुर विद्रोहपछि थारु समुदायको पहिचानको अस्तित्व नै सङ्कटमा पारिएको आरोप लगाएका छन् । टिकापुर काण्ड भएको ९ वर्ष पुरा भएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै महतोले सो आरोप लगाएका हुन् ।
उनले टिकापुर विद्रोहपछि त्यसको सत्य तथ्य छानबिन गर्न बनेका विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक समेत नगरिएको बताउँदै थरुहट आन्दोलनकर्मी नेता कार्यकर्ताहरूमाथि सुनियोजित ढङ्गले झुटा मुद्दा लगाएर फसाएको आरोप लगाएका छन् ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा स्वायत्त थरुहट प्रदेश माग गर्दै भएको आन्दोलनमा केही प्रहरी र बालकको ज्यान गएको थियो । उक्त घटनाको भोलिपल्ट भदौ ८ गते प्रशासनले कर्फ्यु जारी गरेकै समयमा थारु समुदायका ८० भन्दा बढी घर, पसल र एफ एम स्टेसनमा आगजनी गरिएको थियो ।
सोही घटना अभियोगमा रेसम चौधरी लगायत ५२ जना माथि मुद्दा लगाइएको थियो । महतोले थारु लगायत सम्पूर्ण उत्पीडित समुदायमा अब छुट्टाछुट्टै होइन एकीकृत भएर नव सङ्घर्षको उठान गर्न आह्वान समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनमा नेविसंघको ऐक्यबद्धता
-
अमेरिकामा नेतान्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
गणतन्त्रले होइन, अहिलेको नेतृत्वले चुनौती थपेको छ
-
३६ दिनमा सकियाे दयाहाङ र विजयकाे 'वरिष्ठ बलराम'
-
पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै