मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

बुटवलमा दोस्रो जुत्ता चप्पल मेला आयोजना हुने

शुक्रबार, ०७ भदौ २०८१, २१ : १८
शुक्रबार, ०७ भदौ २०८१

बुटवल  । आइतबारदेखि बुटवलको डेल्टा मार्ट परिसरमा  दोस्रो जुत्ता चप्पल व्यापार मेला  लाग्ने भएको छ । नेपाली लुगा घरको आयोजनामा दसैँसम्म लाग्ने मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्डका तीन हजार डिजाइनका जुत्ता राखिने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

मेला आयोजक मूल समितिका संयोजक तथा नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले नेपालमै उत्पादन भएका जुत्ता सिधै ग्राहकको हातमा पुर्‍याउनका लागि जुत्ता मेलाको आयोजना गरिएको बताए । मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोर मोजा समेत उपलब्ध गराइने छ ।

बुटवल मिलन चोकमा रहेको डेल्टा मार्ट परिसरमा लाग्ने जुत्ता मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको व्यवस्था  गरिएको छ ।

मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोर मोजा समेत उपलब्ध गराइने छ ।

दसैँसम्म सञ्चालन हुने मेलामा ३५ हजार जोर जुत्ता चप्पल बिक्री वितरण हुने र करिब पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । हिन्दुहरूका चाडपर्वहरूलाई लक्षित गरेर आयोजना गरिएको जुत्ता चप्पल मेलामा ४० वटा विभिन्न कम्पनीका स्टलहरू रहने फुटवेयर मेनिफेक्चरिङ्ग एसोसिएसन नेपालका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?