को बन्छ नयाँ मिस्टर नेपाल
काठमाडौँ । रियलमी ‘मिस्टर नेपाल २०२४’को विजेता शनिबार होटल सोल्टीमा एक कार्यक्रमबिच घोषणा हँुदैछ । प्रतियोगीतामा ३८ प्रतियोगी उपाधिका लागि भिड्दै छन् । प्रतियोगिताको तयारी पुरा भएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
देशभर आयोजित अडिसनमा हजारौँ सहभागीबाट फाइनलका लागि ३८ प्रतियोगी छानिएका हुन् । फाइनलिष्ट प्रतियोगीतामा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाईँ, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमाया (काठमाडौं), अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी ( नेपालगञ्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमंग आचार्य ( हेटौंडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी. अदनान हलवाई, विश्व बराइली (नेपालगञ्ज), दिपेश चौधरी (धनगढी), पिन्टु सान्याल ( विराटनगर), अशोक बिक (पोखरा), मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर), सागर घिमिरे ( विराटनगर), सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा), सुशान्त कुमार दास (राजविराज सप्तरी), प्रकाश चौहान (पथरी मोरङ) सिजल कपाली (ललितपुर), सन्तोष लोकसुम (झापा), आदेश प्रधान (धरान), सोहज खान ( विराटनगर), सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आबिस्कर खड्का ( बुटवल) सुभम बर्नवाल, अनिकेत प्रजापति (नेपालगञ्ज) रहेका छन् ।
सबै प्रतियोगी स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणसहित फाइनलमा उत्रिदैछन् ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगद र पुरस्कारमा विभिन्न गिफ्ट समेत जित्न सक्ने नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१देखि नियमित आयोजना हुँदै आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटहरिया नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला
-
३ पटक उदघाटन भएर थलिएको ‘आयोजना बैंक’ फेरि कार्यान्वयन गर्ने तयारी
-
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
-
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
दुई पटक संशोधन हुँदा पनि कार्यान्वयन हुन सकेन कर्णाली सरकारको महत्त्वाकाङ्क्षी योजना
-
महोत्तरीका सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन