कांग्रेस बैठक : चुनावअघिको गठबन्धन आवश्यकतामा गर्नुपर्ने आवाज बलियो
![कांग्रेस बैठक : चुनावअघिको गठबन्धन आवश्यकतामा गर्नुपर्ने आवाज बलियो](https://npcdn.ratopati.com/media/news/prakash-mahat_XeXjjHcCjh.jpg)
काठमाडौँ । सत्तारुढ दल नपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य र पूर्वपदाधिकारीहरूको सरकारमा सशक्त उपस्थिति देखाउन जोड दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको विषयहरूमा छलफल जारी रहेको बताए । उनले समसामयिक विषयमा, सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने साथीहरूले आफ्नो उपस्थिति सशक्त देखाउने र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुराहरूमा जोड दिइएको बताए । उनले गठबन्धनलाई सफल बनाउने, कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विषयमा सदस्यहरू मत जाहेर गरेको बताए ।
प्रवक्ता महतले पार्टीबाट पदाधिकारी, संसद्, प्रधानमन्त्री कति पटक हुने भन्नेकुरा समय सान्दर्भिक नरहेको मत बढी आएको बताए । त्यस्तै चुनावअघिको गठबन्धनको बारेमा पनि निर्वाचनताकाको आवश्यकताअनुसार सिद्धान्तमा रहेर गर्ने/नगर्ने कुराहरू टुंगो लगाउनुपर्ने आवाज सदस्यहरूको रहेको उनले बताए ।
उनले भने, ‘समसामयिक विषयमा, सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने साथीहरूले आफ्नो उपस्थिति सशक्त देखाउने र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुराहरू आएको छ । यो गठबन्धनलाई सफल बनाउने, नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विषयमा मत राख्नुभएको छ । प्रधानमन्त्री, सांसद कति पदावधिसम्म हुने जस्ता विषयवस्तुहरू यी विषयहरू अहिले वास्तवमा समय सान्दर्भिक छैनन् भन्ने उठेको छ । गठबन्धनको विषय पनि निर्वाचनमा जुन बेला जान्छौँ, त्यस बेलामा आवश्यकताको सिद्धान्तमा रहेर गर्ने÷नगर्ने कुराहरू टुंगो लगाउनु पर्छ र मूलभूत रूपमा पार्टी एक्लै जित्ने परिवेश बनाउनुपर्छ, पार्टीमा एकता कायम हुनुपर्छ ।’
प्रवक्ता महतले वक्ताहरूले समानुपातिकता, समावेशिता, महिला, आदिवासी जनजातिको प्रतिनिधित्वको व्यवस्थाको मूल मर्म बिग्रिनु हुँदैन भन्नेमा जोड दिएको पनि बताए ।
बैठकमा नेताहरूले पार्टीले एक्लै जित्ने परिवेश बनाउनुपर्ने र पार्टीमा एकता कायम रहनुपर्ने बारेमा सदस्यहरूको जोड रहेको बताए ।
बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, जीवन परियार बोलेको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, अजयकुमार चौरसिया, शंकर भण्डारी, डा. आरजु राणा देउवा, जीतजंग बस्नेत र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले आ–आफ्नो धारणा राखेको उनले बताए ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ १२ गते बुधबार बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले रिहा गर्यो अमेरिकी शिक्षकलाई
-
सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको होइन : महामन्त्री शर्माले
-
सुरक्षित इन्टरनेट दिवस मनाइयो
-
नसर्ने रोगको निःशुल्क परीक्षण कहाँ गराउने ?
-
नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरूलाई सिंहको आग्रह
-
प्रहरीमाथि कुटपिट गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन