पोखरामा स्कुटर ठोकिँदा युवकको मृत्यु, दोहोरी साँझ बन्द
शुक्रबार, ०७ भदौ २०८१, १९ : २१

पोखरा । पोखरा सिर्जनाचोकमा रहेको आकासे पुलमा स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार ग२१प ५४५० नम्बरको स्कुटर ठोकिँदा पर्वतका सुशान गुरुङको मृत्यु भएको हो ।
उनी पोखराकै धौलागिरी दोहोरी साँझमा म्यानेजर थिए । दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारका लागि नजिकै रहेको मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत घोषणा गरिएको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले जानकारी दिए ।
उनको मृत्यु भएपछि पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले शोक मनाएको छ । आज पोखराका सबै दोहोरी साँझ बन्द गर्न आग्रह गरेको सचिव दिलु लामा मोक्तानले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’
-
‘अहिले अर्थतन्त्रमा ग्रहण लागेको छ, ग्रे–लिस्टबाट बाहिर ल्याउन सरकार गम्भीर हुनुपर्छ’
-
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते
-
१ अर्ब ६४ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात
-
क्रिप्टोकरेन्सीको इतिहासमा अहिलेसम्मको ठुलो चोरी
-
जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली