आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

त्रिविका पदाधिकारीहरूलाई धम्की दिनेमाथि कडा कारबाही गर्न अखिल क्रान्तिकारीको माग

शुक्रबार, ०७ भदौ २०८१, १९ : १८
शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई धम्की दिनेमाथि कारबाही गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सीटीईभीटी विशेष समिति संयोजक डिबि शाहीले प्रेस वक्तव्य जारी गर्दै आक्रमण गर्नेहरू र धम्की दिनेहरूमाथि कारबाही गर्न माग गरेका हुन् ।

सत्तारूढ विद्यार्थी सङ्गठनले विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई दिएको धम्की र ती विद्यार्थी सङ्गठनद्वारा विश्वविद्यालयमा गरिँदै आएको गुण्डागर्दीका कारण विश्वविद्यालयका पदाधिकारी विश्वविद्यालय प्रवेश गर्न नसक्नु निकै लज्जास्पद विषय भएको जनाए ।

सत्तारूढ दलहरूले पैसा र सत्ताको बलमा विश्वविद्यालयमा भइरहेको शैक्षिक आतंक, गुण्डागर्दी, प्राध्यापकमाथि गरिने आतंककारी हमलालगायत बन्द गरी प्राध्यापकमाथि आक्रमण गर्ने र आक्रमणको धम्की दिनेलाई कडा कारबाही गर्न जोडदार माग गरे । 

a64b3040-7fd1-408e-b9a9-55e6398375ab

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप