तनहुँ बस दुर्घटना
मर्स्याङ्दीमा बस दुर्घटनामा मृत्यु भएकाको शव परीक्षणका लागि पोखरा लगिँदै
शुक्रबार, ०७ भदौ २०८१, १९ : १२

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु भएकाको शव परीक्षणका लागि पोखरा लैजाने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका २७ जनाको शव परीक्षणका लागि पोखरा लैजान लागिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार २६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको थियो । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।
यस्तै १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।
;
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ