एक महिनामा २ अर्बको खाद्यान्न आयात
शुक्रबार, ०७ भदौ २०८१, १९ : ०६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनामा नेपालले २ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो ।
नेपालबाट १५ लाख ९५ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । सरकारले खाद्यान्नको कारोबारबाट २ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । सरकारले खाद्यान्न आयात–निर्यातको कारोबारबाट २५ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागका अनुसार धान, मकै, गहुँ लगायत विभिन्न खाद्यान्न आयात गरिएको हो । यी खाद्यवस्तु भारत, चीन, मेक्सिको, जर्मनी लगायतका मुलुकबाट आयात गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा