हराएका बालकको फेवातालमा डुबेर मृत्यु
शुक्रबार, ०७ भदौ २०८१, १८ : ५८
पोखरा । पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार घरबाट विना जानकारी निस्किएका उनी शुक्रबार दिउँसो फेवातालमा मृत भेटिएका हुन् ।
पर्वत फलेवास २ घर भई पोखरा ७ अन्नपूर्ण टोल बस्दै आएका सूर्यबहादुर क्षेत्रीका १३ वर्षीय छोरा प्रस्ताव क्षेत्री मृत भेटिएका हुन् । प्रहरीका अनुसार घरबाट कसैलाई जानकारी नै नदिई उनी निस्किएका थिए ।
उनी तालमा हामफालेको उनका साथीले देखेका थिए । सोही आधारमा प्रहरीलाई खबर गरेपछि खोजी गर्दा क्षेत्री मृत भेटिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिले अर्थतन्त्रमा ग्रहण लागेको छ, ग्रे–लिस्टबाट बाहिर ल्याउन सरकार गम्भीर हुनुपर्छ’
-
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते
-
१ अर्ब ६४ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात
-
क्रिप्टोकरेन्सीको इतिहासमा अहिलेसम्मको ठुलो चोरी
-
जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली
-
तीन गजल