पोखरामा स्कुल बस तीन ट्याक्सीसँग ठोकियो

पोखरा । पोखरामा स्कुल बस ट्याक्सीमाथि खस्दा चालक घाइते भएका छन् । पोखरा १७ घारिपाटनस्थित हिमालयन आँखा अस्पताल नजिक पार्किङमा राखेको ट्याक्सीमाथि बस खसेको हो ।
न्यू मोडल सेकेण्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक स्याङ्जाको भीरकोट घर भई पोखरा ९ कृष्णटोल बस्ने ५४ वर्षका दलबहादुर गुरुङ घाइते भएका हुन् । उनको अवस्था सामान्य रहेको र उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
बसमा २० जना विद्यार्थीहरू सवार थिए । उनीहरूलाई कुनै शारीरिक चोटपटक नलागेको शर्माको भनाई छ । चालकले नियन्त्रण गुमाएपछि बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बसले तीनवटा ट्याक्सीमा क्षति पुगेको छ । ग १ ज २९३४ नम्बरको ट्याक्सीको अगाडि र पछाडि क्षति भएको छ भने ग१ज २२४१ नम्बरको ट्याक्सी अगाडिको भागमा र ग१ज ४१८० नम्बरको ट्याक्सीमा बम्पर र सीसा फुटेको छ । केही समयअघि पनि पोखरामा स्कुल बस पल्टिँदा २ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते