मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैन : अध्यक्ष राउत
शुक्रबार, ०७ भदौ २०८१, १८ : १३

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मानिसको पहिचानको आवश्यकता कहिल्यै नमेटिने बताएका छन् । शुक्रबार काठमाडौँमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष राउतले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभई झनै बढ्दै जाने बताए । उनले मधेसीहरूलाई नेपाली भन्न हिचकिचाउने तर मधेसीको पनि पहिचान बन्न नदिने कुरा राम्रो नरहेको बताए । उनले ग्लोवलाइज भइसके पनि कुनैपनि देशमा यात्रा गर्दा सबैभन्दा पहिला पहिचानकै आवश्यकता पर्ने बताए ।
अध्यक्ष राउतले मान्छे चन्द्रमा, मंगल ग्रहमा पुग्यो भन्दैमा उसको पहिचान नमेटिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली नेतृत्वको सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
-
‘कांग्रेस–एमालेबिचको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’
-
ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक
-
भूकम्पका बेलामा जस्तै आगामी दिनमा पनि राष्ट्रिय एकता होस् : प्रधानमन्त्री (पूर्णपाठ)
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’