९१ वटा देशसँग नेपालको व्यापार घाटा, बंगलादेशबाट मात्र पौने ३३ करोडको वस्तु भित्रियो*

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना विश्वका १०२ भन्दा बढी देशसँग व्यापार (आयात र निर्यात) गरेको नेपालले ९१ देशसँग घाटा बेहोरेको छ । व्यापार गरेको अधिकांश देशसँग घाटा बेहोरेको मुलुकले १२ वटा देशसँग मात्र केही नाफा गरेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको हो ।
समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा लागेको छ । अघिल्लो वर्षको साउनमा आयात निर्यातमा सरकारलाई १ खर्ब १५ अर्ब रुपैयाँ घाटा लागेको थियो ।
साउनमा भएको कूल व्यापारमध्ये सबैभन्दा बढी भारतसँग ७७ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने यताबाट ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । समीक्षा अवधिमा भारतसँग नेपालले खुद ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
यसैगरी समीक्षा अवधिमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले जम्मा १५ करोड ७६ लाख रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको छ । चीनतर्फको व्यापारमा मुलुकलाई कूल २४ अर्ब ३८ करोड ४७ लाख ४६ हजार रुपैयाँ घाटा लागेको छ ।
त्यसो त पछिल्लो समय निकै राजनीतिक उथलपुथल भएको (हिंसा भड्किएको) दक्षिण एसियाली मुलुक बंगलादेशसँग समेत नेपालले २९ करोड ४९ हजार रुपैयाँ खुद घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार साउनमा मात्र नेपालले बंगलादेशबाट ३२ करोड ७५ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तर, यसै अवधिमा यताबाट जम्मा ३ करोड ७५ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । (बंगलादेशबाट मात्र पौने ३३ करोड हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार – शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय