दसैँ बजार : अटो शोअघि कति विद्युतीय गाडी भित्रिए ?

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनाको आयात निर्यातको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको ३८० वटा विद्युतीय सवारी (कार, भ्यान, जिप) भित्रिएका छन् ।
खासगरी दसैँ तिहार बजारका लागि लक्षित गर्दै सवारी तथा अन्य मालवस्तु आयात हुने साउन भदौ र असोज महिनालाई विशेष मान्ने गरिन्छ । यहीँ सुरुवाती महिनामा ३८० वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । जसबाट राज्यलाई कूल ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन हुन गएको छ ।
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले यहीँ भदौ ११ गतेदेखि १६ गतेसम्म १६औं संस्करणको नाडा अटो शोको आयोजना गर्दैछ । दसैँ तिहारको मुखमा आयोजना गरिने अटो शोमा व्यवसायीहरुले नयाँ नयाँ सवारी भित्र्याउने र प्रदर्शन गर्ने गर्छन् ।
पछिल्लो महिना भित्रिएको सबैजसो गाडी नाडा लक्षित रहेको बुझिएको छ । त्यसो त गतवर्ष ऐतिहासिक १३ हजार बढी विद्युतीय गाडी आयात भइसकेकोमा नाडाकै लागि भनेर थप गाडी ल्याउने स्थिति देखिँदैन । तर, नयाँ ब्राण्ड र उत्पादन प्रदर्शन गर्न भने व्यवसायीहरुले स्याम्पल पिस (नमुना) का लागि केही महंगा र आकर्षक विद्युतीय गाडीहरु ल्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासङ्घले सडक आन्दोलनलाई निरन्तरता दिने
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता