‘त्रिविका पदाधिकारीलाई सुरक्षा थ्रेट कसले दियो ?’ स्ववियुले जवाफ खोज्ने
![‘त्रिविका पदाधिकारीलाई सुरक्षा थ्रेट कसले दियो ?’ स्ववियुले जवाफ खोज्ने](https://npcdn.ratopati.com/media/news/tu_iajqy8Yn2e.jpg)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले पदाधिकारीहरूलाई कोबाट सुरक्षा थ्रेट आयो भन्ने विषयमा जवाफ माग गर्ने भएको छ । विश्वविद्यालयका पदाधिकारीहरूले विद्यार्थीबाट सुरक्षा थ्रेट आएको बताइरहेका बेला स्ववियुले कुन विद्यार्थीबाट ? कस्तो खालको थ्रेट आएको भन्ने विषयमा जवाफ माग गर्ने भएको हो ।
स्ववियु सभापति श्यामराज ओझाले विश्वविद्यालयमा सुरक्षा थ्रेट आएको खण्डमा आफूहरू चुप लागेर नबस्ने बताउँदै उनले भने, ‘कसले ? के थ्रेट दियो ? त्यसको नाम सार्वजनिक गर्नुपर्छ । विश्वविद्यालयले थ्रेट आयो भनेर मिडियाबाजी गर्दै हिँड्ने, तर, कसले दियो धम्की त्यो बारेमा हामी जवाफ खोज्छौँ । जवाफ नआउँदासम्म हामी चुप लागेर बस्दैनौं ।’
अन्यथा मनलाग्दी तरिकाले विद्यार्थीद्वारा थ्रेट आयो भनेर विद्यार्थी राजनीतिलाई नै घृणित बनाउने काम भइरहेको उनको भनाइ छ । सत्यतथ्य के हो भन्ने विषयमा विश्वविद्यालयले अहिलेसम्म आधिकारिक व्यक्तव्य जारी नभएको बताउँदै उनले विद्यार्थी राजनीतिलाई घृणित बनाउने मनसायले त्रिविका पदाधिकारीहरू लागिरहेको बताए ।
शिक्षामन्त्रीले नै विश्वविद्यालय सुरक्षित नरहेको बताउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै कोबाट असुरक्षित भएको त्यो पनि प्रष्ट पार्नुपर्ने बताए ।
स्ववियुले विश्वविद्यालय सुरक्षित छ भनेर शिक्षामन्त्रीले कहिले लेख्ने भनेर प्रश्न गरे । ‘फेसबुकमा असुरक्षित घोषणा भएको विश्वविद्यालयमा कसरी पढ्ने ? यदि सच्चिकै असुरक्षित विश्वविद्यालय भए के शिक्षक विद्यार्थी सुरक्षित नभईकन पढ्न बाध्य बनाउने हो ? यो विषयमा जवाफ दिनुपर्छ,’ ओझाले भने ।
स्ववियुले आजको विश्वविद्यालय विमर्शमा विश्वविद्यालयमा सुरक्षा थ्रेट विषयमा छलफल गर्न लागेको छ । साढे ५ बजेबाट सुरु हुने विमर्शमा विद्यार्थीहरूले नै सके साँच्चिकै विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको हो ? बढेको हो भने कोबाट बढेको हो ? भन्ने विषयमा छलफल हुने सभापति ओझाले बताए ।
त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रेक्टर प्राडा खड्क केसी, रजिष्ट्रार प्राडा केदार रिजाल लगायतका अधिकारीहरूले सुरक्षा थ्रेट बढेको बताउँदै आएका छन् । त्रिविले सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गर्दै शिक्षामन्त्रीलाई नै पत्र लेखेको थियो ।
त्यसपछि शिक्षामन्त्री विद्या भट्टराईले गृहमन्त्री रमेश लेखकलाई सामाजिक सञ्जाल फेसबुकमार्फत नै सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने