मर्स्याङ्दी दुर्घटना : बकेट स्टेचरमार्फत उद्धार गरिँदै

काठमाडौँ । । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् । घाइतेहरूलाई बकेट स्टेचरको माध्यमबाट उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘सडकबाट करिब १ सय मिटर तलबाट डोरीको सहायताले उद्धार कार्य भइरहेको छ ।’
उद्धार गर्न सेनाका हेलिकप्टर घटनास्थलमा परिचालन गरिएको छ । भारतीय नम्बर–७६२३ नम्बरको बसमा चालक दलका दुई जना र ४१ जना यात्रु सवार थिए । दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको छ । १७ जना घाइतेलाई उद्धार गरेर आबुखैरेनीमा उपचार भइरहेको छ ।
आर्मीको हेलिकप्टरमार्फत अचेत र क्रिटिकल अवस्थाका घाइतेहरूलाई काठमाडौँ पठाउन लागिएको गण्डकी प्रदेशका एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिए । गाडी पोखराबाट काठमाडौँ आउँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा