एमाले हाम्रो मुख्य प्रतिस्पर्धी हो भन्ने भुल्नु हुँदैन : सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिनुपर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले सभापति देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उनीहरूलाई पनि अवसर दिन सुझाव दिएका हुन् ।
‘सभापतिजीले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उहाँहरूलाई अवसर दिनुपर्छ’, सिटौलाको भनाई उधृत गर्दै एक नेताले रातोपाटीलाई बताए ।
साथै उनले एमाले चुनावमा मुख्य प्रतिस्पर्धी पार्टी रहेपनि अहिले एमालेसँग गठबन्धन भएकाले गठबन्धन जोगाएर सरकारलाई निरन्तरता दिनुपर्ने बताए ।
‘चुनावमा हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले नै हो । अहिले एमालेसँग गठबन्धन छ । सरकार पनि अघि लानुपर्ने अवस्था छ, गठबन्धन जोगाउनु पनि छ’, सिटौलाले भने, ‘तर, गठबन्धन जोगाउने भन्दै गर्दा ग्राउन्ड पनि जोगाउनु पर्छ । एमाले मुख्य प्रतिस्पर्धी हो भन्ने हामीले भुल्न हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा