बलबहादुर भन्छन्– कांग्रेस ठिक ढंगले चलेको छैन
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टी ठीक ढंगले नचलेको भन्दै नेतृत्वमाथि आक्रोश पोखेका छन् । जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा आफ्नो धारणा राख्दै नेता केसीले पार्टी एक हुने सूत्र खोज्न सुझाव दिँदै त्यसको उपायको खोजीमा लाग्नुपर्ने बताएका हुन् ।
‘छातीमा हात राखेर भन्नुपर्छ नेपाली कांग्रेस ठिक ढंगले चलेको छैन’, केसीले भने, ‘पार्टी विधानले चल्ने हो देश संविधानले तर यो दुवै भएको छैन ।’
उनले कांग्रेसले कहिले माओवादी त कहिले एमालेसँग गठबन्धन गर्दै आएको भन्दै गठबन्धनको संस्कृतिले कांग्रेसलाई दीर्घकालीन घाटा हुने बताए । ‘निर्वाचनमा जोसँग प्रतिस्पर्धा गर्नुपर्छ उसैसँग सहकार्यमा छौ’, केसीले भने, ‘अहिले संविधान संशोधनको कुरा भइरहेको छ । संविधान संशोधन गर्ने हो भने सबै दलको सहमतिमा गर्नुपर्छ ।’
त्यस्तै अर्का केन्द्रीय सदस्य रमेश रिजालले पार्टीमा अनुशासनको कमी रहेको अनुशासन उल्लंघन गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताए । ‘पार्टीमा अनुशासनको कमी छ । अनुशासन उल्लंघन गर्नेलाई कडा कारबाही गर्नुपर्छ’, रिजालले भने, ‘संसदीय दलको नेता प्रधानमन्त्री बन्ने हो यो बहस लाई अन्यत्र नलैजाऔँ ।’ पार्टीमा पदाधिकारीमात्र बसेर निर्णय गर्ने प्रवृत्तिको रिजालले विरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति
-
कमेडियन कुणाल कामरालाई राहत, अदालतले दियो अन्तरिम अग्रिम जमानत