दुर्घटना अपडेट
आँबुखैरेनी बस दुर्घटनामा १८ जनाको शव निकालियो
शुक्रबार, ०७ भदौ २०८१, १४ : ५४

काठमाडौँ । तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालिएको छ । ४१ यात्रुमध्ये अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस ऐना पहरामा दुर्घटना हुँदा मर्स्याङ्दी नदीमा खस्न पुगेको थियो । बसका सबै यात्रु भारतीय नागरिक रहेका छन् ।
उनीहरू भदौ ५ गते गोरखपुरबाट पोखरा आएका थिए । उनीहरू पोखरास्थित होटेल स्पोर्टस्मा २ दिन बसेकाे होटेलका सञ्चालक काशी पाण्डेले जानकारी दिए । उनीहरू काठमाडौँ फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ ।
(यसअघि होटेलको नाम अन्यथा परेकाले क्षमायाचनासहित सच्याइएकाे छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ