मदुरोको विवादास्पद जीतको पक्षमा भेनेजुएलाको सर्वोच्च अदालतले सुनायो फैसला
कारकास । भेनेजुएलाको सर्वोच्च अदालतले निकोलस मदुरो दोहोर्याएर राष्ट्रपति भएको विवादास्पद जीतको पक्षमा फैसला सुनाएको छ । जुलाईमा भएको निर्वाचनमा चलखेल भएको भनेर व्यापक विरोध भएको थियो । अमेरिका र संयुक्त राष्ट्र संघ समेतले निर्वाचनको नतिजामाथि प्रश्न उठाएका थिए ।
‘मुल्याङ्कन गरिएको चुनावी सामग्री निःसन्देह प्रमाणित गरिएको छ र निकोलस मादुरोलाई भेनेजुएलाको राष्ट्रपति निर्वाचित गरिएको भनेर राष्ट्रिय निर्वाचन परिषद्ले जुलाई २८ मा जारी गरेको राष्ट्रपति निर्वाचनको नतिजा वैध रहेको छ,’ फैसला सुनाउने क्रममा सर्वोच्च न्यायाधिकरण (टीएसजे)की प्रमुख क्रेसलिया रोद्रिगेजले भनिन् । अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्न नसकिने उनले बताएकी छिन् ।
मदुरोले अदालतको निर्णयलाई ऐतिहासिक र सशक्त फैसला भनेका छन् ।
संयुक्त राष्ट्र संघ (यूएन)को मानव अधिकार परिषद्ले आयोजना गरेको सत्य–तथ्य पत्ता लगाउने मिशनका अध्यक्ष मार्ता भालिनासले टीएसजेको निर्णयलाई सरकारले प्रभावित पारेको भनेकी छिन् । रोद्रिगेज मदुरोको सत्तारुढ दलको सदस्य हुन् ।
पार्टीभित्र उनी निर्वाचित पदमा पनि रहेको भन्दै उनको फैसलाप्रति कयौँले सन्देह व्यक्त गरेका छन् । गएको महिना चुनावी नतिजा सार्वजनिक भएयता भएको सरकार विरोधी प्रदर्शनमा कम्तीमा २३ जना प्रदर्शनकारीहरूको मृत्यु भएको र अरु २ हजार ४०० जना पक्राउ परेको युएनले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन