दुर्घटना
आँबुखैरेनी बस दुर्घटना : उद्धारका लागि हेलिकप्टर परिचालन
शुक्रबार, ०७ भदौ २०८१, १४ : ३०

काठमाडौँ । तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
केहीबेर अघि हेलिकप्टर दुर्घटनास्थलमा अवतरण भैसकेको छ । हेलिकप्टरमार्फत घाइतेहरुलाई काठमाडौँ ल्याउने तयारी छ । पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदिमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेका ४१ यात्रुमध्ये १४ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ