भारतमा पेनकिलर र मल्टिभिटामिनसहित १५६ औषधिमाथि प्रतिबन्ध
नयाँ दिल्ली । भारतको केन्द्र सरकारले १५६ वटा ककटेल औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ । यीमध्ये कयौं औषधि तपाईंको घरमा पनि हुनसक्छ । प्रतिबन्धित औषधिहरूको सूचीमा पेन किलर, मल्टिभिटामिन, एन्टिपारासिटिक्स, एन्टिएलर्जीक्सका औषधि छन् । एउटै चक्कीमा एक भन्दा धेरै औषधि पाइने यी औषधिलाई फिक्स्ड–डोज कम्बिनेसन (एफडीसी) भनिन्छ । यी औषधिलाई अर्को शब्दमा ककटेल औषधि पनि भनिन्छ ।
औषधि बनाउने कम्पनीहरूले प्रतिबन्धको आर्थिक प्रभावबारे अहिलेसम्म घोषणा गरेका छैनन् । प्रतिबन्धमा परेका धेरैजसो ककटेल औषधिलाई सन् १९८८ भन्दा अगाडि नै उत्पादनको अनुमति दिइएको थियो । प्रतिबन्धमा पर्नेमा सिप्ला, टोरेन्ट, सन फार्मा, आईपीसीए ल्याब्स र लुपिन जस्ता ठूला फार्मा कम्पनीका उत्पादन पनि छन् ।
सरकारले जारी गरेको राजपत्र सूचना अनुसार यी १५६ थरी ककटेल औषधिको सेवनले मानव शरीरमा जोखिम छ । प्रतिबन्ध लगाइएको औषधिको सुरक्षित विकल्प उपलब्ध रहेको बताइएको छ । यस विषयमा केन्द्रद्वारा नियुक्त विज्ञ समितिले छानबिन गरेको थियो ।
यस क्रममा समितिले ती एफडीसीलाई तर्कहीन ठहर गर्यो । औषधि प्राविधिक सल्लाहकार बोर्ड (डीटीएबी)ले पनि परीक्षण गरेर यी ककटेल औषधिको मेडिकल साइन्सको हिसाबले कुनै औचित्य नरहेको स्पष्ट पारेको थियो । औषधि निर्माता कम्पनीहरूले प्रतिबन्धको जाँच गरिरहेको बताइएको छ ।
सूचीमा परेका केही औषधि यस्ता छन्
प्रतिबन्धमा परेको एउटा एन्टिबायोटिक एजिथ्रोमाइसिन र एडापलेन मिलाएर एक्ने उपचारका लागि बनाइएको औषधि हो । यो सूचिमा एसेक्लोफेनाक ५० एमजी + प्यारासिटामोल १२५ एमजी पनि छ । यो ठूला फर्मा कम्पनीले बनाएको लोकप्रिय पेनकिलर औषधि हो । यस सूचीमा प्यारासिटामोल + पेन्टाजोसिन पनि समावेश छ । यो पनि दुखाइ कम गर्न प्रयोग गरिने औषधि हो । सूचीमा लेवोसेटिरिजिन र फेनिलेफ्राइन मिलाएर बनाइएको औषधि छ । यो सूचिमा रहेको अर्को औषधि भने म्याग्नेसियम क्लोराइड, प्यारासिटामोल, ट्रामाडोल, टोरिन र क्याफिन मिलाएर बनाइएको औषधि हो । प्रतिबन्धको सूचीमा केही यस्ता औषधि पनि छन् जुन धेरै औषधि कम्पनीहरूले पहिले नै उत्पादन बन्द गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन