कांग्रेस महामन्त्री शर्माले ल्याएको ‘एक्जिट पोलिसी’प्रति ज्ञानेन्द्र कार्कीको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जनताले चाहेसम्म जो–जतिपटक पनि चुनाव लड्न सक्ने बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै कार्कीले महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको ‘एक्जिट पोलिसी’को आलोचना गरेका हुन् । उनले भने, ‘विश्वप्रकाशजीले ल्याएको एक्जिट पोलिसी अपरिपक्व छ, अव्यावहारिक छ ।’
बैठकमा महामन्त्री शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन पेस गरेका छन् ।
उनले महाधिवेशनको मिति तोक्न दबाब आइरहेको सन्दर्भलाई लक्षित गर्दै त्यसको औचित्य नरहेको बताए । महाधिवेशन समयमै सम्पन्न गर्न केन्द्रित हुनुपर्ने तर अहिले नै तिथि–मिति तोक्न आवश्यक नरहेको उनको भनाइ थियो ।
कार्कीले सत्ता गठबन्धनको विषयलाई अहिले बहसमा ल्याउन उचित नहुने पनि बताए । उनले अन्तरघात संगठित रूपमा बढ्न थालेको भन्दै यसलाई रोक्ने काम गर्नुपर्ने खाँचोसमेत औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह
-
रूस र युक्रेनबिच ३७२ युद्धबन्दी आदानप्रदान