भारत भ्रमणबारे आरजुको ब्रिफिङ : दुई ठुला पार्टी मिल्दा भारतको सकारात्मक प्रतिक्रिया पाएँ

काठमाडौँ । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् ।
उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् । उनले मोदीले नेपाल आउने जवाफ दिएको तर कहिले भन्नेबारे चाहिँ निश्चित नभएको बताइन् ।
‘आउने कुरा भएको छ । तर डेटचाहिँ तोकिएको छैन’, उनले भनिन् । दुई ओटा ठुला पार्टी मिलेर बनेको सरकारप्रति भारतीय पक्षको सकारात्मक प्रतिक्रिया पाएको उनले बताइन् ।
‘दुई ठुल ठुला पार्टी मिलेर बनेको सरकारप्रति कस्तो रिस्पोन्स रहन्छ भन्ने थियो । भेटका क्रममा निकै राम्रो रिस्पोन्स रहेको पाएँ । विकासमा सहयोग गर्छु भन्नु भएको छ’, उनले बैठकलाई ब्रिफिङ गर्दै भनिन् । यस्तै भारतीय पक्षसँग टीआरसीका लागि सहयोग मागेको पनि जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले महाधिवेशनबारे निर्णय गर्न वैशाख ४ गते बोलायो केन्द्रीय समिति बैठक
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’
-
शिक्षक महासंघको टोली विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जाने
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो