दुर्घटना
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु
शुक्रबार, ०७ भदौ २०८१, १३ : १२

काठमाडौँ । तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए ।
उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । शुक्रबार तनहुँस्थित मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खसेको थियो ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको प्रवक्ता थापाले जानकारी दिए ।
अहिले उद्धार कार्य जारी रहेको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य