इजरायल–प्यालेस्टाइन र रुस–युक्रेन युद्धबारे ह्यारिसले के भनिन् ?

वाशिङटन डीसी । अमेरिकाको शिकागोमा डेमोक्रेटिक पार्टीको महाधिवेशन चलिरहेको छ । यस महाधिवेशनले कमला ह्यारिसलाई औपचारिक रूपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाएको छ । महाधिवेशनमा ह्यारिसले भाषण दिँदै पार्टीको राष्ट्रपतिको उम्मेदवारी पनि स्वीकार गरिन् ।
आफ्नो भाषणमा ह्यारिसले इजरायल–प्यालेस्टाइन र रुस–युक्रेनका विषयमा पनि चर्चा गरेकी थिइन । ह्यारिसले भाषण गरिरहँदा केही व्यक्तिले ‘फ्री प्यालेस्टाइन’को नारा लगाइरहेका थिए । इजरायललाई सधैं आफ्नो समर्थन दिने पनि उनले बताइन् । साथै उनले गाजामा लडाइँ बन्द गर्न पनि अपिल गरेकी छिन् ।
‘अब बन्धकहरूलाई रिहा गर्ने र युद्धविरामसम्बन्धी सम्झौताहरू पूरा गर्ने समय आएको छ’ ह्यारिसले भनिन् । गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको हिंसाको पनि उनले निन्दा गरिन् ।
गाजामा पछिल्लो १० महिनामा जे जे भयो त्यो विनाशकारी रहेको पनि उनले बताइन् । युक्रेनमाथि रुसले गरेको आक्रमणको विश्वव्यापी समर्थन परिचालन गर्ने वाचा पनि उनले गरिन् ।
‘म युक्रेन र हाम्रा नाटो सहयोगीहरूको साथमा मजबुतीका साथ उभिरहनेछु’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास