सर्बिया–बोस्नियाको सीमामा रहेको नदीमा १० आप्रवासीको डुबेर मृत्यु

बेलग्रेद । सर्बिया र बोस्नियाको सीमामा पर्ने ड्रिना नदीमा डुबेर कम्तीमा १० जना आप्रवासीको मृत्यु भएको छ । मर्नेमा एक महिला र उनको ९ महिनाकी छोरी पनि भएको बताइएको छ ।
नदी पार गर्ने क्रममा उनीहरू सवार डुङ्गा डुबेको पल्टिएको थियो । बिहीबार भएको यस घटनामा तीन बालबालिकासमेत कम्तीमा १८ जना आप्रवासीहरू भने सकुशल बोस्नियाको सीमामा पुगेको बताइएको छ ।
डुङ्गामा सवार कति जना बेपत्ता छन् भन्ने स्पष्ट हुन सकेको छैन । खराब मौसमका कारण खोजी कार्य प्रभावित बनेको बताइएको छ । दुवै देशका अधिकारीहरूले शुक्रवार बिहानदेखि खोजीकार्य सुरु गर्ने भएका थिए । आप्रवासीहरूलाई नदी पार गराइदिने मानव तस्करहरूको खोजी भइरहेको पनि स्थानीय सञ्चारमाध्यमले बताएको छ ।
यो घटना बिहिबार बिहान भएको भनेर बोस्नियाको सीमा प्रहरीले पुष्टि गरेको छ । तर प्रहरीले घटनाको थप जानकारी भने दिएको छैन । सीमावर्ती शहर लुबोविजा नजिकै सो घटना घटेको सर्बियन अधिकारीहरूले पनि पुष्टि गरेका छन् । अधिकांश आप्रवासी मोरक्कोका नागरिक भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?