सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
मूल्यांकन

स्थानीय तह स्वमूल्याङ्कनमा ललितपुर महानगरपालिका अब्बल, वीरगन्जको हालत खराब

शुक्रबार, ०७ भदौ २०८१, १२ : ०७
शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार महानगरपालिकातर्फ आर्थिक वर्ष २०७९/०८० मा ललितपुर महानगरपालिका देशभरकै अब्बल सावित भएको छ । ललितपुरले ८४.५० अंक प्राप्त गर्दै आफूलाई अब्बल सावित गरेको हो । 

त्यसपछि भारतपुर महानगरपालिकाले ८३.८३ अंक प्राप्त गर्दा विराटनगर महानगरपालिकाले ८२.५० अंक् प्राप्त गरेको छ । 

यस्तै पोखरा महामगरपालिकाले ८०.७५ अंक प्राप्त गर्दा काठमाडौँ महानगरपालिका ७७.५० अंकसहित पाँचौ स्थानमा रहेको छ । 

यस्तै पुछारमा वीरगन्ज महानगरपालिका परेको हो । स्वमूल्यांकनमा कमजोर देखिएको वीरगन्जले ५९.५० अंक मात्रै पाएको छ । 

गाउँ तथा नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्वमूल्याङ्कनको प्रणाली कार्यान्वयनमा ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

सोहीअनुसार नतिजाको गुणस्तर परीक्षणको सम्पन्न गरेर मन्त्रालयले नतिजा प्रकाशित गरेको हो ।  नतिजाअनुसार गाउँपालिकातर्फ धादिङको बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएको छ भने नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ट भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप