दुर्घटना
आबुखैरेनीको ऐना पहराबाट बस मर्स्याङ्दी नदीमा खस्यो
शुक्रबार, ०७ भदौ २०८१, ११ : ५०

काठमाडौं । तनहुँको आबुखैरेनीस्थित ऐना पहरामा बस दुर्घटना भएको छ । आँबुखैरेनी गाउँपालिका–२ को ऐना पहराबाट मर्स्याङ्दीमा बस खसेको तनहुँका एसपी वीरेन्द्र शाहीले रातोपाटीलाई बताए ।
इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर घटनास्थलमा पुगेका छन् । एसपी शाहीले भने, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’
पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए । बसमा ४० जना जति यात्रु रहेको उनको भनाई छ ।
विस्तृत विवरण आएको छैन ।