‘हरेक पल’ ले मनायो रजत महोत्सव
काठमाडौँ । पछिल्लो समय दर्शकमाझ अत्यन्त लोकप्रिय भैरहेको टेलिश्रृंखला हो ‘हरेक पल’ । डी एण्ड डी इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट हरेक बिहीवार साँझ ७ बजेदेखि प्रसारणमा आउने यो टेलिश्रृंखलाले भदौ ६ गते अर्थात बिहीवार साँझ प्रसारणको २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको छ ।
सामाजिक विषयवस्तुका साथै चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको श्रृंखलाको निर्माता राजकुमार देवकोटा हुन् । आफूले निमाण गरेको टेलिश्रृंखलाले २५ औँ श्रृंखलासम्म आइपुग्दा दर्शकबाट अपार माया पाएकोमा देवकोटा बताउँछन् ।
कलाकार समेत रहेका निर्माता देवकोटाले यसअघि हास्य टेलिश्रृंखला ‘झुयाईँ कुटी झ्याईँ’ तथा ‘हर्के हल्दार’ मा शसक्त अभिनय गर्दै आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । त्यसपछि उनी आफैँले निर्माण गरेको टेलिश्रृंखला ‘रिसानी माफ’ मा उनी हिराकाजीको भूमिका निर्वाह गरेर दर्शकमाझ स्थापित भए ।
‘हरेक पल’ को निर्देशक सुरेन्द्र थापा हुन् । श्रृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, विनोद परियार, बेगम पुन मंगा, सुदर्शन खतिवडा, मोहन लामा, सुमन पौडेल आदि कलाकारको अभिनय रहने गरेको छ ।
डी एण्ड डी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको यो टेलिश्रृंखलामा निर्देशक सुरेन्द्र थापाकै लेखन रहेको छ । रविन्द्र खड्काको सम्पादन तथा कलर ग्रेडिङ रहेको यो श्रृंखलाका छायांकार ज्ञानकुमार कट्टेल हुन् । श्रृंखलामा सञ्जय श्रीपालको शब्द तथा संगीतमा तयार भएको गीतमा गोविन्द मधुर आचार्य तथा बीना भट्टराईको स्वर सुन्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने