कमला ह्यारिसले स्विकारिन् राष्ट्रपति पदको उम्मेदवारी
शुक्रबार, ०७ भदौ २०८१, १० : ५९

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतिको चुनावी प्रक्रिया अन्तर्गत शिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाधिवेशनमा पार्टीको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो उम्मेदवारी स्वीकारेकी छिन् । ‘एक महान् राष्ट्रको लागि म डेमोक्रेटिक पार्टीको मनोनयन स्वीकार गर्दछु ।’ उनले भनेकी थिइन् । सो अवसरमा ह्यारिसले अहिलेसम्मकै सबैभन्दा लामो भाषण दिएकी थिइन् ।
उनले आफ्नो भाषण बाल्यकालको सम्झनाबाट सुरु गरेकी थिइन् । ह्यारिसको आमा श्यामला भारतबाट अमेरिका आएकी थिइन् । सानोमा आफ्नो आमाले आफूलाई सधैँ हौसला दिने गरेको उनले बताइन् ।
‘मेरो पिताले मलाई आफ्नो सपनाको पछि लाग्न प्रेरित गर्नुहुन्थ्यो ।’ ह्यारिसले भनिन् । अन्यायको विरुद्धमा गुनासो गर्नको सट्टा यसलाई हटाउन केही गर्न आमाले दिएको सुझावको पनि भाषणमा उनले स्मरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास