एन्जो मारेस्काको प्रशिक्षकत्वमा चेल्सीको पहिलो जित

काठमाडौँ । यूईएफए कन्फरेन्स लिग फुटबल प्रतियोगिताको प्ले–अफ चरणको पहिलो लेग खेलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले सफलता हात पारेको छ । चेल्सीले बिहीबार राति सम्पन्न खेलमा स्विस क्लब सर्भेटलाई २–० गोलले हराएको हो ।
पहिलो लेग खेलमा सजिलो जित हात पारेसँगै चेल्सीले अगाडि बढ्ने सम्भावना पनि बलियो बनाएको छ । एन्जो मारेस्काको प्रशिक्षकत्वमा चेल्सीले हात पारेको यो पहिलो जित हो । एन्जो यसै सिजन चेल्सीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका हुन् ।
यसअघि उनको प्रशिक्षकत्वमा खेलेको पहिलो खेलमा चेल्सी पराजित भएको थियो । नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २–० गोलले हराएको थियो । सर्भेटविरुद्धको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
निर्धारित समयको ५०औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले चेल्सीलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । चेल्सीले ७६औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । चेल्सीका लागि दोस्रो गोल परिवर्तित खेलाडी नोनीले गरेका थिए । दोस्रो लेग खेल अगस्त २९ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
-
शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल
-
कर्मचारीहरुलाई मन्त्री दाहालले भने, ‘सुशासनयुक्त सेवा प्रवाह गर्नुस्’
-
चैत्र महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार
-
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो