‘बिजनेस’ लिन विमानस्थल निर्माण, चलाउन नसक्दा बिजनेस विनै उडान प्रस्ताव
काठमाडौँ । विना योजना तथा लक्ष्य काम गर्दा नाफा भन्दा बढी घाटा आइलाग्छ भन्ने तथ्यको ज्वलन्त उदाहरण हो ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ र भैरहवा स्थिति ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ । यी दुई विमानस्थलबाट बिजनेस लिनेभन्दा बढी कसरी उडान नियमित गराउने भन्ने ठुलो चिन्तामा यतिबेला सरकार छ ।
जनवरी १, २०२३ देखि औपचारिक रुपमै सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १ अर्ब ३७ करोड ८७ लाख ४० हजार युआन अर्थात् करिब २६ अर्ब रुपैयाँ बराबरको चिनियाँ ऋण लगानी छ ।
सम्झौता अनुसार वर्षमा दुई पटक (६-६ महिनामा) गरी सरकारले १ अर्ब ९४ करोड ५० लाख ८४ हजार रुपैयाँ किस्ता भुक्तानी गर्नुपर्छ । यो भनेको प्रतिमहिना १६ करोड २० लाख ९० हजार रुपैयाँ बराबरको खर्च हो । तर, विमानस्थल निर्माण सम्पन्न भएको करिब १९ महिना बित्दा पनि नियमित एउटै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
यस्तै तीब्र महत्वकांक्षा सहित निर्माण सम्पन्न गरिएको अर्को विमानस्थल गौतम बुद्धले पनि बिजनेश पाउन सकेको छैन । यस विमानस्थल निर्माणका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) को गरी ३० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । विमानस्थल निर्माणमा नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंक (एडीबी) को ६२.६ प्रतिशत लगानी छ । यो पनि ऋण लिएर नै बनाइएको विमानस्थल हो ।
निर्माण सम्पन्न भएलगत्तै जजीरा एयरले केही महिना भैरहवा–कुवेत सिधा उडान सञ्चालन गरेको थियो । तर, एयरलाइन्सले बिजनेश नपाएपछि केही समयपछि नै विविध कारण देखाउँदै आफ्नो उडान बन्द गर्यो । त्यसयता भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्नेगरी अरू कुनै कम्पनी आएका छैनन् ।
तर, सरकारको ठोस योजना तथा गृहकार्य विना निर्माण गरिएको यस विमानस्थलले पनि आजको दिनसम्म आन्तरिक बाहेक अन्तर्राष्ट्रियतर्फ खासै बिजनेसलिन सकेको छैन । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले काठमाडौं–क्वालालाम्पुर–भैरहवा सातामा दुईवटा उडान गर्ने बाहेक अन्य कुनै पनि अन्तर्राष्ट्रिय उडान यो विमानस्थलबाट नियमति हुन सकिरहेको छैन ।
निर्माण सम्पन्न भएलगत्तै जजीरा एयरले केही महिना भैरहवा–कुवेत सिधा उडान सञ्चालन गरेको थियो । तर, एयरलाइन्सले बिजनेस नपाएपछि केही समयपछि नै विविध कारण देखाउँदै आफ्नो उडान बन्द गर्यो । त्यसयता भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्नेगरी अरू कुनै कम्पनी आएका छैनन् ।
नियमित उडान गराउन सरकारको अफर नै अफर
क्षेत्रीय दुई विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्राउड लोड’ घट्ने र पोखरा र भैरहवाले समेत राम्रो बिजनेस लिने अपेक्षा गरिएको थियो । तर, सञ्चालनमा आएको २–३ वर्षसम्म पनि अन्तर्राष्ट्रियतर्फ व्यावसायिक उडान हुन नसकेपछि सरकारले आकर्षक स्किम ल्याउनुपरेको छ ।
सरकारले पोखरा र भैरहवा विमानस्थललाई प्राथमिकतामा राख्दै यी दुई विमानस्थलबाट नियमित उडान भर्ने अन्तर्राष्ट्रिय कम्पनीलाई कर छुटसहित ग्राउण्ड ह्याण्डलिङ, इन्धन लगायत अन्य छुट नै छुटको अफर ल्याएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गत हप्ता मात्र नेपाल नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दिगो रुपमा सञ्चालन कार्ययोजना बनाउँदै अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई पोखरा र भैरहवाबाट नियमित उडान भर्न आह्वान गरेका छन् ।
यी दुई विमानस्थलबाट उडान भर्दा हवाई टिकटमा लगाइने भ्याट छुट दिनेदेखि टर्न ओभर ट्याक्स छुट सम्मको प्रस्ताव सरकारले गरेको छ ।
यसैगरी पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानका लागि हवाई इन्धनको मूल्यसमेत छुट दिने गरी ब्रेक इभन पोइन्टमा निर्धारण गरी बिक्री गर्ने व्यवस्था तत्काल मिलाइने मन्त्री पाण्डेले बताएका छन् ।
यस्तै हवाई टिकटमा लगाउने गरिएको ३ हजार रुपैयाँ यात्रु सेवा शुल्कमा पूर्ण छुट दिने, पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्णरुपमा छुट दिने र अन्तर्राष्ट्रिय हवाई उडानमा टिकटमा लगाइने १ हजार रुपैयाँ पर्यटन शुल्कमा समेत पूर्ण छुट दिने सरकारले घोषणा गरेको छ ।
यसका अतिरिक्त पोखरा र भैरहवा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिनुका साथै आवश्यक नीतिगत व्यवस्थाहरुमा समेत सहजीकरण गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।
नेपालमा दर्ता भई अन्तर्राष्ट्रिय हवाई उडान गर्ने वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई उडानमा प्रोत्साहन गर्न पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानको सुविधा समेत प्रदान गर्ने प्रस्ताव सरकारले गरेको छ ।
प्रस्तावित योजना गत साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले पास गरिसकेको छ । समय तालिका नै बनाएर योजना पेश गरेको मन्त्रालयले चरणवद्ध कार्यान्वयनमा लैजाने बताइसकेको छ ।
उडान भर्न तीन कम्पनी तयार
यता सरकारले आकर्षक छुट तथा सुविधाको योजना ल्याएसँगै पोखरा र भैरहवा विमानस्थलबाट तत्काल उडान सुरु गर्नेगरी तीनवटा एयरलाइन्सले स्वीकृति माग गरेका छन् ।
जजीरा एयरले यही सेप्टेम्बर २६ देखि कुवेत–भैरहवाका लागि हप्ताको ३ देखि ४ वटा उडानका लागि अनुमति माग गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले रातोपाटीसँग बताए । यसैगरी भैरहवाबाटै नियमित उडान भर्नेगरी फ्लाई दुबई र बिज एयरले पनि प्राधिकरणसँग प्रस्ताव गरेको भुलले बताए ।
पोखरा र भैरहवाबाट नियमित उडान गर्नका लागि दर्जन हारहारी एयरलाइन्स कम्पनीहरु तयार भए पनि आधिकारिक रुपमा प्रस्ताव आइनसकेको उनले बताए । खासगरी दुईवटा क्षेत्रीय विमानस्थलको सञ्चालनका लागि सरकारले अघि सारेको आकर्षक छुट तथा सुविधा योजनाले गर्दा एयरलाइन्सहरु आकर्षित भएको भुलको भनाइ छ ।
‘यसअघि देखि नै जजीरा एयरले भैरहवा–कुवेत उडान सुरु गरेको थियो । बीचमा केही समस्या आए पछि उडान रोकिएको थियो । कम्पनीले पुनः उडान सञ्चालनका लागि अनुमति माग गरेको छ । अर्को कम्पनी बिज एयरले पनि उडानको अनुमति माग गरेको छ’ भुलले भने ।
पोखरा विमानस्थलका लागि भने हालसम्म बङ्गलादेशको एयर अस्त्रले मात्र इच्छा देखाएको प्रवक्ता भुलले बताए । ‘हप्ताको ३ दिन पोखराबाट उडान भर्नेगरी एयर अस्त्रले प्रस्ताव गरेको छ । निर्णय भइसकेको छैन’ उनले भने ।
पोखरा र भैरहवाबाट नियमित उडान गर्नका लागि दर्जन हारहारी एयरलाइन्स कम्पनीहरु तयार भए पनि आधिकारिक रुपमा प्रस्ताव आइनसकेको उनले बताए । खासगरी दुईवटा क्षेत्रीय विमानस्थलको सञ्चालनका लागि सरकारले अघि सारेको आकर्षक छुट तथा सुविधा योजनाले गर्दा एयरलाइन्सहरु आकर्षित भएको भुलको भनाइ छ ।
तर, मन्त्रिपरिषद्ले पास गरेको योजनामा केके छ सो प्राधिकरणमा नआएकाले निर्णय गर्न गाह्रो भएको उनको भनाइ छ । ‘मन्त्रिपरिषद्ले केके टर्म एण्ड कन्डिसन राखेर छुट योजना दिएको छ, सो हामीलाई जानकारी छैन । कतिसम्म छुट दिन सकिने हो ?केकेमा दिने हो ? सो स्पष्ट निर्देशन भएपछि प्राधिकरण अघि बढ्छ’ उनले भने ।
त्यसो त आगामी कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै छ । विमानस्थलको ट्याक्सी वे विस्तार गर्न लागिएको हुँदा कात्तिकदेखि चैतसम्म उडान तथा अवतरण प्रभावित हुनेछन् । यसका लागि प्राधिकरणले विकल्पको रुपमा भैरहवा र पोखरालाई सञ्चालनमा ल्याउने तयारी गरेको छ । अहिले काठमाडौँबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका केही एयरलाइन्स र नयाँ एयरलाइन्सलाई भैरहवा वा पोखरा जान अनुरोध गरिरहेको प्रवक्ता भुलले रातोपाटीसँग बताए ।
‘कात्तिकदेखि टीआर्ईए दैनिक १० घण्टा बन्द हुन्छ । यतिबेला उडान अवतरणमा समस्या नहोस् भन्नका लागि हामीले भैरहवा र पोखरालाई विकल्पमा राखेका छौँ । यहीअनुसार कम्पनीहरूलाई प्रस्ताव पनि गरेका छौँ । अहिलेको टीआईएको ट्राफिकलाई ७० प्रतिशतमा झार्ने र २० प्रतिशत भैरहवा र १० प्रतिशत पोखरा डाइभर्ट गर्ने योजना छ’ उनले रातोपाटीसँग भने ।
हाल दैनिक २१ घण्टा सञ्चालनमा रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ दैनिक २७४ र अन्तर्राष्ट्रियतर्फ एक सय गरी कुल ३७४ उडान नियमित भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
-
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
-
भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
-
करिब १७ प्रतिशतले राजस्व वृद्धि
-
हिट किक बक्सिङका खेलाडी घिमिरे नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत