आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘रावायण’को ट्रेलर प्रेम र द्वन्द्वको कथा, निर्देशक थापा भन्छन्, ‘रावायण’ धार्मिक फिल्म होइन’

शुक्रबार, ०७ भदौ २०८१, ०८ : ३०
शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सनले भरिपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गर्न खोजिएको छ । 

ट्रेलरमा नायिका पूजा शर्मालाई पत्रकारको भूमिकामा छिन्, भने नायक पल शाहको दोहोरो भूमिकाका खुलेको छ । ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । 

फिल्मका कथाकार, निर्माता र निर्देशक सुदर्शन थापाले फिल्मको नाम झट्ट सुन्दा धार्मिक लागे पनि फिल्म त्यस्तो नभएको बताए ।

‘यो धार्मिक रावायणसँग सम्बन्धित छैन । रामायणमा रामलाई प्राथमिकता दिइएको थियो । हाम्रो रावायणमा रावणलाई प्राथमिकता दिएका छौँ’, उनले भने, ‘रावणलाई प्राथमिकता दिँदा फिल्म फरक स्वादको बन्छ भन्ने लागेर हामीले त्यस्तै कथामा फिल्म बनाएका छौँ । टिजर, गीत, फस्टलुकले हाम्रो जुन हाइप बनाएको छ, त्यो हाइप ट्रेलरले बनाउनेमा ढुक्क छौँ ।’

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियङ्का कार्की प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप