भारतीय प्रधानमन्त्री मोदी शुक्रबार युक्रेन पुग्दै

वार्सा । पोल्याण्ड भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेन पुग्दैछन् । युक्रेनमा ‘राष्ट्रिय झण्डा दिवस’ शुक्रबार मनाइँदैछ ।
रुस र युक्रेनबिच युद्ध सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको यो पहिलो युक्रेन भ्रमण हो । यो भ्रमणको करिब डेढ महिनाअघि उनी रुसको भ्रमणमा पनि गएका थिए ।
युक्रेनमा पुग्नुअघि मोदी पोल्याण्डमा रोकिएका थिए । पोल्याण्डको राजधानी वार्सामा भारतीयहरूलाई सम्बोधन गर्दै उनले भने, ‘हामी बुद्धमा विश्वास गर्ने र युद्धमा विश्वास नगर्ने जनता हौँ ।’
उनले भारतले यस क्षेत्रमा शान्तिको वकालत गर्ने पनि बताए । ‘यो युद्धको युग होइन भन्ने हाम्रो धारणा स्पष्ट छ,’ उनले थपे ।
रुस भ्रमणका क्रममा उनले भारत युद्धको शान्तिपूर्ण समाधानको पक्षमा रहेको र रहिरहने बताएका थिए । साथै उनले यो प्रयासमा सहयोग गर्न भारत तयार रहेको पनि जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन