रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर

रियाद । क्रिस्टियानो रोनाल्डोको अल नासर साउदी प्रो लिगको सुरुवाती खेलमा अल रइदसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
साउदी कपको फाइनलमा अल–हिलालसँग पराजित भएपछि अल नासर लिगमा राम्रो सुरुवात गर्ने प्रयासमा थियो । पोचुगिज सुपरस्टारले खेलको ३४ औँ मिनेटमा साडियो मानेको क्रसमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
यो वर्ष रोनाल्डोको यो २५ औँ गोल थियो । अब उनी क्लब र देशका लागि ९ सयौँ गोल गर्नबाट मात्र ८ गोल टाढा रहेका छन् ।
तर, दोस्रो हाफको सुरुवातमा नै एमरिक लापोर्टेले गल्ती गर्दा अल रइदले पेनाल्टी पायो । मोहम्मद फौजाइरले कुनै गल्ती नगरे खेल बराबरी गरे ।
बराबरी गोल गरेपछि अल नासरले विजयी गोलका लागि प्रयास जारी राख्यो । ७५ औँ मिनेटमा रोनाल्डोले पुनः गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उनी मात्र केही मिलिमिटरले अफसाइड रहेको देखाएको थियो । खेलको अन्त्यतिर अल नासरले गरेको पेनाल्टीको अपिल पनि खारेज गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा