भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्री : ‘मान्यज्यूहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरूले गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको र हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरूले गर्ने बताए । राज्य व्यवस्था समितिमा विधेयकबारे छलफल जारी छ । समितिमा र संसद् बैठकमा सांसदहरूले हदम्याद राख्न नहुने आवाज उठाइरहेका बेला सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘संसदमा छलफल चलिरहेको छ, तपाईंहरुलाई थाहा होला । संसदमा छलफल हुन्छ, संसद्ले निर्णय गर्छ । संसदमा छलफल भइरहेको छ । मान्यज्यूहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ ।’
प्रधानमन्त्री ओलीले समिति बैठकपछि संसदमा पनि छलफल गर्ने र संसद्को निर्णयअनुसार विधेयक अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’