बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मधेस सरकार जनतालाई लुट्नका लागि बनेको हो : प्रभु साह

बिहीबार, ०६ भदौ २०८१, २१ : ००
बिहीबार, ०६ भदौ २०८१

कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुट्नकै लागि बनेको दाबी गरेका छन् । मधेसवादी दलको भ्रष्ट चरित्रले मधेस बदनाम भएको उनले बताए । 

बाराको खुटुवा प्रसौनीमा आजपाद्वारा बिहीबार आयोजित भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुट्न, ठग्नु मधेस सरकार र मधेसवादी दलका नेताहरूको पेसा नै बनिसकेको ठोकुवा गरे  । 

उनले भने, ‘छोरीलाई वितरण गरिने साइकल चोरेका छन् । दलितहरूको घर निर्माणमा भ्रष्टाचार गरेको, राहतको पैसा समेत लुटेका छन् । बजेटको किनबेच एवं कृषकको अनुदानमा कमिसन यी भ्रष्ट र चोर नेताहरूको पेसा भएको छ ।’  

किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गरेका लुटेराहरूले मधेसलाई समृद्ध बनाउने काम गर्नै नसक्ने साहले बताए ।

भ्रष्टाचार बाहेक मधेस सरकारले कुनै कामै नगरेको बताउँदै उनले जनतालाई ढाँट्ने, लुट्ने, ठग्ने पेसा नै बनेको बताए । सरकारको काम भनेको देश र जनताका लागि विकास, समृद्धि जस्ता राम्रो काम गर्नु भए पनि मधेस सरकारले हरेक योजनामा लुट मच्चाएको उनले बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप